वामपन्थी मोर्चाबन्दी हुँदैन, सरकार भ्रष्टाचार सहँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि किसिमका भ्रष्टाचार नसहने बताएका छन् ।
एमाले पोलिटब्युरो बैठकको बुधबार समापन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारको न्यूनीकरण गर्न एमाले र एमाले नेतृत्वको सरकारले चाहेको र भ्रष्टाचारका विषयमा कुनै कम्परमाइज गर्ने पक्षमा नरहेकाे बताएका हुन् ।
‘सरकार र एमाले पार्टीले कुनैपनि भ्रष्टाचार सहँदैन । भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’, ओलीको भनाइ उधृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले वामपन्थीका नाममा कुनै मोर्चा वा गठबन्धन पनि बन्दैन ।’
साथै बैठकमा ओलीले आफू नेतृत्वको सरकारले तुइन विस्थापित गरेको, चीनसँग अनेकौँ नाका जोडेको, अप्टिकल फाइवर विच्छ्याएको, सडकबाट बालबालिका हटाएको, सामाजिक सुरक्षा भत्ता हामीले नै वृद्धि गरेको, कर्मचारीको तलब वृद्धि पनि गरेको भन्दै आफ्ना कामको व्याख्या गरेका थिए । ‘त्यसैले एमाले दलाल पुँजीपति वर्गको संरक्षणमा लाग्दैन, राष्ट्रिय पुँजी र उत्पादन बढाउन चाहन्छ’,ओलीको भनाइ थियो ।
महासचिव शंकर पोखरेलले बैठकमा पेस गरेको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’,माथि पोलिटब्युरो सदस्यहरूले दिएको सुझाव समेटेर पार्टी कमिटीलाई कार्यान्वयनका लागि पठाउने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण