सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दुई जना मृत फेला

आइतबार, २३ भदौ २०८१, १४ : १०
आइतबार, २३ भदौ २०८१

काठमाडौँ । राजधानी काठमाडौँमा पछिल्लो २४ घण्टामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-३१ सुकुम्वासी १ नम्बर पानी ट्याङ्की नजिकै बाग्मती खोला किनारमा एक जना पुरुषको शव शनिबार फेला परेको हो । उक्त शव सिन्धुली कमलामाई नगरपालिका-११ घर भई काठमाडौँ नरदेवी बस्ने ४९ वर्षीय केदार बहादुर खड्काको रहेको खुलेको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका-२६ रानीबारी कुमारी टोल डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-८ घर भएका ५० वर्षीयको लोकेन्द्र महत पनि आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ भानुपथस्थित घरको आँगनमा सोही नगरपालिका-९ गोलीगढ बस्ने ५० वर्षीय धर्मेन्द्र सिंह शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दोलखाको भिमेश्वर नगरपालिका-७ चर्नावती सामुदायिक जङ्गलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १४ वर्षीय बालक शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप