सिरियामा इजरायली आक्रमण : कम्तीमा १४ जनाको मृत्यु, ४३ जना घाइते

हामा । इजरायलले सिरियाका विभिन्न सैन्य ठेगानाहरूमा गरेको हवाई हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । एक अस्पतालका निर्देशकलाई उद्धृत गर्दै हामा प्रान्तको मासयाफ गरिएको आक्रमणमा ४३ जना घाइते भएको सानाले जानकारी दिएको हो ।
यसअघि बेलायतमा आधारित अनुगमन समूहले इरान समर्थित सशस्त्र समूहको सैन्य ठेगानामा गरिएको आक्रमणमा ४ जना सैनिकसहित ३ जना सर्वसाधारण मारिएको बताएको थियो । इजरायली सेनाले भने विदेशी सञ्चारमाध्यममा आएको रिपोर्टबारे कुनै प्रतिक्रिया जनाउन चाहेन ।
यद्यपि, इजरायलले सिरियामा इरान समर्थित सशस्त्र समूहको ठेगानामा यसअघि आक्रमण गरेको स्वीकार गर्दै आएको छ । गत अक्टोबरदेखि गाजामा सुरु गरिएको सैन्य अभियानपछि इजरायली हमला झन् तीव्र बनेको छ । सिरिया र लेबनानमा रहेका हिजबुल्लाह समूहले उत्तरी इजरायलमा आक्रमण सुरु गरेपछि इजरायलले जवाफी कारबाही गर्दै आएको छ ।
सानाले एक सिरियाली सैनिक स्रोतलाई उद्धृत गर्दै उत्तर–पश्चिम लेबनानमा उडेको इजरायली सैनिक विमानले देशको मध्य क्षेत्रमा कयौँ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । सैनिक स्रोतले केही क्षेप्यास्त्रहरूलाई हवाई सुरक्षा प्रणालीले खसालेको पनि दाबी गरेको छ ।
-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु