सिरियामा इजरायली आक्रमण : कम्तीमा १४ जनाको मृत्यु, ४३ जना घाइते
हामा । इजरायलले सिरियाका विभिन्न सैन्य ठेगानाहरूमा गरेको हवाई हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । एक अस्पतालका निर्देशकलाई उद्धृत गर्दै हामा प्रान्तको मासयाफ गरिएको आक्रमणमा ४३ जना घाइते भएको सानाले जानकारी दिएको हो ।
यसअघि बेलायतमा आधारित अनुगमन समूहले इरान समर्थित सशस्त्र समूहको सैन्य ठेगानामा गरिएको आक्रमणमा ४ जना सैनिकसहित ३ जना सर्वसाधारण मारिएको बताएको थियो । इजरायली सेनाले भने विदेशी सञ्चारमाध्यममा आएको रिपोर्टबारे कुनै प्रतिक्रिया जनाउन चाहेन ।
यद्यपि, इजरायलले सिरियामा इरान समर्थित सशस्त्र समूहको ठेगानामा यसअघि आक्रमण गरेको स्वीकार गर्दै आएको छ । गत अक्टोबरदेखि गाजामा सुरु गरिएको सैन्य अभियानपछि इजरायली हमला झन् तीव्र बनेको छ । सिरिया र लेबनानमा रहेका हिजबुल्लाह समूहले उत्तरी इजरायलमा आक्रमण सुरु गरेपछि इजरायलले जवाफी कारबाही गर्दै आएको छ ।
सानाले एक सिरियाली सैनिक स्रोतलाई उद्धृत गर्दै उत्तर–पश्चिम लेबनानमा उडेको इजरायली सैनिक विमानले देशको मध्य क्षेत्रमा कयौँ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । सैनिक स्रोतले केही क्षेप्यास्त्रहरूलाई हवाई सुरक्षा प्रणालीले खसालेको पनि दाबी गरेको छ ।
-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण