राष्ट्रपतिको बहसमा कस्तो थियो ट्रम्प र कमला ह्यारिसको शारीरिक हाउभाउ ?
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनका दुई उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एबीसी न्यूजकौ राष्ट्रपति बहसमा सहभागी भएका थिए । यो बहसमा ह्यारिस र ट्रम्पको हाउभावलाई निकै महत्वका साथ हेरिएको थियो ।
बहसका क्रममा ट्रम्पले जवाफ दिइरहँदा ह्यारिसले उनलाई सीधा हेरेर असहमत भएको समयमा टाउको हल्लाएको वा मुस्कुराइरहेकाे देखिइन् । बहसको क्रममा ट्रम्पले ह्यारिसलाई माक्र्सवादी भनेर सम्बोधन गर्दा ह्यारिसले आफ्नो च्यापुमा हात राखेर उनले बोलेको कुरा नबुझेको जस्तो गरिरहेकी थिइन् ।
तर अर्थव्यवस्था वा गर्भपतन जस्ता मुद्दाहरूमा उनी बोलिरहँदा ह्यारिसलै सीधा क्यामेरामा हेरिरहेकी थिइन् । यस्तो लाग्थ्यो उनी मतदाताहरूसँग कुरा गरिरहेकी छिन् । तर बहसभर ट्रम्पले ह्यारिससँग सकेसम्म आँखा जुधाएनन् । उनको आँखामा हेर्नबाट उनी बचिरहेका थिए । ह्यारिसले सोधेको प्रश्नको जवाफ दिने क्रममा औँला देखाएर ह्यारिससँग कुरा गरेको देखियो । गर्भपतनको मुद्दामा भएको बहसका क्रममा ट्रम्प निकै भड्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण