राष्ट्रपति बहसमा ट्रम्पले आप्रवासीहरूले घरपालुवा कुकुर खान्छन् भनेपछि...
वाशिङटन डीसी । अमेरिकामा राष्ट्रपति पदको बहसमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि संघीन आरोप लगाए । रोचक कुरा चाँहि के भने वार्ताका मध्यस्थकर्ता स्वयंले ट्रम्पको सो आरोपलाई गलत बताए ।
आप्रवासीहरूले घरपालुवा जनावर खान्छन् भनेर ट्रम्पले बेतुकको आरोप लगाएका थिए । ‘उनीहरूले घरपालुवा कुकुरहरू खान्छन्, ती मानिसहरू घरपालुवा जनावरहरू खान्छन् ,’ ट्रम्पले भने ।
उनको यो भनाइको जवाफमा बहसका एक मध्यस्थकर्ता डेभिड मुइरले स्प्रिङफिल्डका सहर प्रबन्धकले त्यस्तो कुनै प्रमाण नभएको बताएका थिए । ‘मैले टिभीमा मानिसहरूले आफ्नो कुकुर चोरेर खाएको भनेर भनेको सुनेको छु’ ट्रम्पले भनेका थिए ।
यसको जवाफमा कमला ह्यारिसले ट्रम्पले निकै बढाइचढाइ गरेर कुरा गरेको बताइन् । यस्तो वास्तवमा भएको थियो भन्ने कुनै विश्वसनीय रिपोर्ट नभएको स्प्रिङफिल्डका अधिकारीहरूले बीबीसीलाई पुष्टि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण