गर्भपतनको मुद्दामा ह्यारिस र ट्रम्पबिच चर्काचर्की
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचन अघि कमला ह्यारिस र डोनाल्ड ट्रम्प बुधबार पहिलो पटक खुला बहसमा आमने सामने भए । एबीसी न्यूजको सो बहसका क्रममा डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई गर्भपतनसम्बन्धी नियम परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए ।
‘डेमोक्र्याटहरू ९औँ महिनामा पनि गर्भपतन गर्ने अधिकार दिन चाहन्छ, ’ एबीसी न्यूज प्रेसिडेंशियल डिबेटमा ट्रम्पले भने । ह्यारिसको उपराष्ट्रपतिको लागि चयन गरेको टिम वाल्ट्जले ९औँ महिनामा गर्भपतनको अधिकारलाई समर्थन गरेको उनले बताए ।
यो विषयमा ट्रम्पले सरकारले बच्चा जन्मिएपछि मार्ने अधिकार दिन चाहन्छ भनेर समेत भन्न भ्याए । ट्रम्पको भनाइको प्रतिकार गर्दै ह्यारिसले यस्तो खालको कानुन भएको कुनै राज्य नभएको बताइन् ।
ट्रम्पले दुई वर्ष पहिले गर्भपतन अधिकारलाई उल्टाउने तीन सर्वेच्च अदालतका न्यायाधीशहरू नियुक्त गरेको कुरा पनि ह्यारिसले बहसका क्रममा उल्लेख गरेकी थिइन् ।
ट्रम्पले गर्भपतनमा लगाएको प्रतिबन्धमा कुनै अपवाद नभएको अनि बलात्कारको मामलामा पनि यसमा छूट नभएको उनले बताइन् । यी सबै सर्वसाधारलले चाहेका हुन् भने र ट्रम्पले भनिरहेको भएपनि उनीहरुले यस्तो नचाहेकोमा ह्यारिसले जोड दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण