ह्यारिससँगको दोस्रो बहस ट्रम्पले गरे अस्वीकार
वाशिङटन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग दोस्रो राष्ट्रपतिको बहस गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् । दुई दिनअघि पेन्सिलभेनियाको फिलाडेल्फियामा दुईबिचको पहिलो राष्ट्रपतिको बहस भएको थियो । आफूले यो बहस स्पष्ट रूपमा जितेकोले कमलाले पुनः बहसमा आउन चाहेको उनले भनेका छन् ।
तर बहसमा ह्यारिस ट्रम्पमाथि हाबी भएकी थिइन् । मंगलबारको बहस पछि तुरुन्तै आयोजित धेरै सर्वेक्षणहरूमा सहभागी भएका मतदाताहरूले ह्यारिसले ट्रम्पकोभन्दा राम्रो प्रदर्शन गरेको बताएका छन् । बहसमा उत्रिनु भन्दा ह्यारिसले उपराष्ट्रपतिको रूपमा आफ्नो काममा ध्यान दिनुपर्ने ट्रम्पले भनेका छन् ।
उत्तरी क्यारोलिनामा चुनावी अभियानको र्यालीको केही समयपछि ह्यारिसले मतदाताहरूका लागि अर्को बहसको जिम्मेवारी आफूसँग रहेको बताएकी थिइन् । जनताबाट लिइएको रायले दुई उम्मेदवारबिच निकै कम भिन्नता रहेको देखाउँछ ।
मंगलबार एबीसी न्यूजमा ९० मिनेटको बहसपछि दुवै उम्मेदवारले विजयी भएको दाबी गरे । यसमा ह्यारिसले ट्रम्पलाई आफ्ना प्रश्नहरूबाट रक्षात्मक रूपमा उत्रिन बाध्य पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण