इजरायली विशेष सेनाले सिरियाका मिसाइल अखडामा गर्यो आक्रमण

तेल अभिभ । इजरायलको विशेष सेनाले सिरियामा सशस्त्र समूह हिजबुल्लाहको मिसाइल बनाउने केन्द्रलाई निशाना बनाएको छ । इजरायली सरकारले यस कारबाहीबारे केही बोलेको छैन । तर यो हमला हप्ताको सुरुमा भएको भन्दै अमेरिकी सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।
सिरियाको सरकारी सञ्चारमाध्यमले बताएअनुसार सिरियाली सहर मास्याफ नजिकैको क्षेत्रमा भएको यस आक्रमणमा सोमबार १८ जनाको मृत्यु भएको छ । अरू दर्जनौँ घाइते भएको बताइएको छ । न्यूयोर्क टाइम्सका अनुसार इजरायली विशेष सेना हेलिकप्टरबाट अवतरण गरेर इरानले बनाएको अखडाहरूमा विस्फोटक पदार्थ राखेका थिए । उनीहरूले त्यहाँ रहेका सबै संवेदनशील जानकारी हटाएका थिए ।
तर, बीबीसीले अहिलेसम्म यी रिपोर्टहरू पुष्टि भने गर्न नसकेको बताइएको छ । इजरायल सरकारले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले ६ वर्षअघि पनि यही अखडालाई निशाना बनाएको थियो । पछिल्लो एक वर्षमा इजरायलले सिरियामा दर्जनौँ हवाई आक्रमण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)