इजरायली विशेष सेनाले सिरियाका मिसाइल अखडामा गर्यो आक्रमण
तेल अभिभ । इजरायलको विशेष सेनाले सिरियामा सशस्त्र समूह हिजबुल्लाहको मिसाइल बनाउने केन्द्रलाई निशाना बनाएको छ । इजरायली सरकारले यस कारबाहीबारे केही बोलेको छैन । तर यो हमला हप्ताको सुरुमा भएको भन्दै अमेरिकी सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।
सिरियाको सरकारी सञ्चारमाध्यमले बताएअनुसार सिरियाली सहर मास्याफ नजिकैको क्षेत्रमा भएको यस आक्रमणमा सोमबार १८ जनाको मृत्यु भएको छ । अरू दर्जनौँ घाइते भएको बताइएको छ । न्यूयोर्क टाइम्सका अनुसार इजरायली विशेष सेना हेलिकप्टरबाट अवतरण गरेर इरानले बनाएको अखडाहरूमा विस्फोटक पदार्थ राखेका थिए । उनीहरूले त्यहाँ रहेका सबै संवेदनशील जानकारी हटाएका थिए ।
तर, बीबीसीले अहिलेसम्म यी रिपोर्टहरू पुष्टि भने गर्न नसकेको बताइएको छ । इजरायल सरकारले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले ६ वर्षअघि पनि यही अखडालाई निशाना बनाएको थियो । पछिल्लो एक वर्षमा इजरायलले सिरियामा दर्जनौँ हवाई आक्रमण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण