नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुँदै
काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । भाद्र ३० गतेबाट आश्विन ०४ गतेसम्म दुई देशका सेनाबीच संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ सञ्चालन लागेको हो ।
अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जनाएको छ ।
काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुने सेनाको भनाइ छ । सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण भएको जनाइएको छ ।
विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई देशका सेनाबीच विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण