अमेरिकामा ओली र मोदीबिच भेटको सम्भावना न्यून

काठमाडौँ । भारतसँग चिसिँदै गएको सम्बन्धका कारण अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने भनिएको साइडलाइन वार्ताको सम्भावना टर्दै गएको छ ।
भारत भ्रमणमा नगएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता गराउने प्रयास भइरहेको छ । त्यो प्रयासमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफै लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयबाट नै यसका लागि प्रयास भइरहे पनि तर भारतीय पक्षबाट सकारात्मक जवाफ आएको छैन ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिका कारण दुई देशको बिचमा दुरी बढ्दै गइरहेको छ । सो दुरी कम गराउने काम अमेरिकाको भेटघाटले गर्ने आशा गरिएको थियो । तर त्यसको सम्भावना क्षीण हुँदै गइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भारतका प्रधानमन्त्री मोदी एक रात मात्र अमेरिकामा मात्र बस्ने भएकाले पनि भेटघाट असम्भव देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्याे नेप्से परिसूचक
-
मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह
-
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
-
स्पार्क एड्भेञ्चरमा दुई दर्जन बढी सेलिब्रेटीको सहभागीता रहने
-
शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने
-
जसपा नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित