अमेरिकामा ओली र मोदीबिच भेटको सम्भावना न्यून
काठमाडौँ । भारतसँग चिसिँदै गएको सम्बन्धका कारण अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने भनिएको साइडलाइन वार्ताको सम्भावना टर्दै गएको छ ।
भारत भ्रमणमा नगएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता गराउने प्रयास भइरहेको छ । त्यो प्रयासमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफै लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयबाट नै यसका लागि प्रयास भइरहे पनि तर भारतीय पक्षबाट सकारात्मक जवाफ आएको छैन ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिका कारण दुई देशको बिचमा दुरी बढ्दै गइरहेको छ । सो दुरी कम गराउने काम अमेरिकाको भेटघाटले गर्ने आशा गरिएको थियो । तर त्यसको सम्भावना क्षीण हुँदै गइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भारतका प्रधानमन्त्री मोदी एक रात मात्र अमेरिकामा मात्र बस्ने भएकाले पनि भेटघाट असम्भव देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण