युरोपमा भरतमणिको पारस अवतार
काठमाडौँ । नयाँ पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की अहिले युरोप टुरमा छन् । अस्ट्रेलिया, अमेरिकापछि उनीहरू ‘अब हाँस्छ युरोप’ कार्यक्रम लिएर युरोप पुगेका हुन् । यो टुरमा उनीहरुले युरोप रहेका नेपाली समुदायलाई मज्जाले कमेडी मार्फत सहाइरहेका छन् ।
मामा इभेन्ट्स र के.एन.यस इन्टरटेन्मेटको संयुत आयोजन रहेको कार्यक्रममा आफूहरूसँग हाँस्न पाउँदा युरोप निवासी नेपालीहरू निकै खुसी देखिएको कलाकार भरतमणि पौडेलले बताए । ‘हामीले सोचेभन्दा धेरै दर्शकको साथ मिलिरहेको छ’, पौडेलले भने ‘कतिपय प्रस्तुतिमा वान्समोरको हुटिङ गुन्जँदा निकै आनन्द आउँदो रहेछ ।’ युरोपका निवासी नेपालीले दिएको माया जीवनभर नभुल्ने उनले सुनाए ।
युरोपमा भरतमणिले पूर्व युवराज पारश शाहलगायत विभिन्न गेटमा प्रस्तुति दिइरहेका छन् । कार्यक्रममा सुमन र कैलाशले पनि आफ्ना अर्ग्यानिक कमेडी पस्किरहेका छन् ।
‘अब हाँस्छ युरोप’ कार्यक्रम पोल्यान्डबाट सुरु गरेका यी कलाकारले अहिलेसम्म बेल्जियमको एन्ट्र्प, जर्मनीको हाम्बर्ग र फ्र्याङ्फ्रुट, फ्रान्सको पेरिस र फिनल्यान्डको हेल्सिन्कीमा आयोजना भैसकेको छ ।
माल्टा, सुइडेन, बेल्जियमको, डेन्मार्क र पोर्चुगलको कार्यक्रम अझै बाँकी छ । ती कार्यक्रम सकाएर आफूहरू स्वदेश फर्किने पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण