झापामा आगलागी, करिब ३१ लाख रुपैयाँको क्षति
मङ्गलबार, ०१ असोज २०८१, १६ : ५७
झापा । झापाको गौरीगंज गाउँपालिका-६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा मंगलबार बिहान आगलागी भएको छ । विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको भनाई छ ।
आगलागीबाट घरभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, काठपात, लत्ताकपडा, भाँडावर्तन जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही घरमा डेरा गरी बस्ने मेगनाथ राजवंशी र मोहन दासको कोठाभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर दुवै जनाको गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा कम्तीमा २८ सर्वसाधारणको मृत्यु
-
काठमाडौँ र पोखरासहित प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने
-
पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण