पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
मङ्गलबार, ०१ असोज २०८१, २१ : ५७
सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–४ बस्तिपुरका सुमित लामाको ३ वर्षीय छोरा ३ नुरगेन लामाको सोही ठाउँको पोखरीमा डुबेर मंगलबार अपराह्न मृत्यु भएको छ ।
डुबेर बेहोस भएका उनको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यसैगरी जिल्लाकै औरही गाउँपालिका ५ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय सजिबुल खानकी ३ वर्षीया छोरी अलिया खातुनको मंगलबार अपराह्न मृत्यु भएको छ ।
नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण