ऊनका कपडामा भुवा आएर दिक्क हुनुभएको छ, अपनाउनुस् यी उपाय
काठमाडौँ । गर्मी खप्दा दिक्क भएको बेलामा जाडोको मौसम सम्झिने बित्तिकै धेरैलाई शीतल महसुस हुन्छ । तर हरेक मौसमका आ–आफ्नै फाइदा र बेफाइदा छन् ।
जाडोमा पनि केही समस्या आउँछ । यो मौसममा हामी ऊनका बाक्ला कपडाको प्रयोग गर्छौ । यी कपडाहरूमा कपाल प्रायः भुवा आउँछन् । जसका कारण नयाँ लुगा पनि केही समय लगाएपछि निकै कुरूप देखिन थाल्छ । यस्तो समस्या सबै प्रकारका कपडामा हुन्छ । तर ऊनका कपडामा यो समस्या झन् बढी हुन्छ ।
थोरै मात्रै लापरबाही गर्दा पनि ऊनका कपडालाई धेरै क्षति पुग्छ । त्यसैले यस्ता लुगाको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । यदि तपाईँको ऊनका कपडामा भुवा आएर दिक्क हुनु भएको छ भने चिन्ता मान्नु पर्दैन । केहि सजिला टिप्स अपनाएर यी कपडाको भुवा हटाउन सकिनछ ।
रेजरको प्रयोग:
ऊनका कपडामा आएको भुवा हटाउने रेजर प्रयोग गर्न सकिन्छ । एउटा रेजर लिनुस् अनि यसलाई भुवा भएको ठाउँमा चलाउनुहोस् । यसले भुवा निकाले कपडालाई सफा बनाउँछ । तर रेजरलाई धागो भएको ठाउँमा भने प्रयोग गर्नु हुन्न ।
स्क्र्याच ब्राइटः
भाँडाकुँडा सफा गर्ने स्क्र्याच ब्राइटको सहायताले पनि ऊनका कपडामा आएको भुवा हटाउन सकिन्छ । भुवा आएको ठाउँमा हलुका हातले स्क्क्रयाच ब्राइटलाई रगड्नुस् । यसो गर्दा धेरै बलको प्रयोग भने नगर्नुहोला ।
दाह्री काट्ने इलेक्ट्रिक ट्रिमरः
ऊनको कपडामा आएका भुवा हटाउन दाह्री काट्ने इलेक्ट्रिक ट्रिम पनि प्रभावकारी हुन सक्छ । रेजर जस्तैगरी ट्रिमरलाई पनि भुवा आएको ठाउँमा चलाउनुस् । यसको प्रयोग गर्दा हात भने हलुका राख्नुहोस् ताकी ट्रिमर अड्किएर धागो नतानियोस् ।
सेलो टेपको प्रयोग:
ऊन वा अन्य लुगाहरूमा आएको भुवा हटाउन सेलो टेपको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि भुवा आएको ठाउँमा सेलो टेप टाँस्नुहोस् अनि बिस्तारै हलुका हातले टेपलाई हटाउनुहोस् ।
काइँयोको प्रयोग:
ऊनीका कपडामा आएको भुवा हटाउन काइँयोको प्रयोग पनि गर्न सकिन्छ । तर काइँयोको दाँत मसिनो हुनुपर्छ । काइँयो चलाउँदा विशेष सावधानी अपनाउनुस् ताकी काइँयोमा धागो अड्किएर कपडा नै बिग्रने स्थिति नआओस् ।
लिन्ट रिमूभरः
बजारमा भुवा हटाउने लिन्ट रिमूभर पनि पाइन्छ । यसको प्रयोग गरेर पनि भुवा हटाउन सकिन्छ । यसलाई भुवा आएको ठाउँमा राख्नुस्, हलुका दबाब दिनुस् अनि बिस्तारै तान्नुहोस् । यसो गर्दा पनि कपडामा भएको भुवा निस्कन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण