कूटनीतिक
ओली र मोदीको भेटवार्ताका लागि प्रयास जारी
शुक्रबार, ०४ असोज २०८१, २० : २८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकाकाे न्युयोर्कमा भेटवार्ता गराउने प्रयास भइरहेको छ ।
भारतीय प्रधानमन्त्री मोदी भेटवार्ताका लागि सकारात्मक देखिएपनि समय तय हुन सकेको छैन ।
परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘दुई देशका प्रधानमन्त्रीबिच भेटवार्ताका लागि प्रयास भइरहेको छ । सम्भावना छ, तर समय तय भएको छैन ।’
भेटवार्ताका लागि भारत सकारात्मक रहेकाले दुवै पक्षबिचमा छलफल भइरहेको परराष्ट्रका एक अधिकारीले बताए ।
बिहीबार मात्र इजरायल–हमासको द्वन्द्वमा नेपाल र भारत एक साथ उभिएका छन् । युएनमा मतदान हुँदा भारत र नेपाललगायतका देश तटस्थ बसेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण