रौतहट ट्राफिकद्वारा १ महिनामा ९ सय सवारी कारबाही, ८ लाख बढी राजश्व सङ्कलन
रौतहट । रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ९ सय सवारी साधन धनीलाई कारबाही गरी ८ लाख भन्दा रुपैयाँ राजश्व सङ्कलन गरेको छ। गत भदौ १ गते देखि मसान्त भित्र जिल्लाभरिमा नियम विपरीत चलेका ९ सय १२ सवारी धनीलाई कारबाही गरी कुल ८ लाख, ४३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताए ।
कारबाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको सङ्ख्या २५५ रहेको छ। ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङ्कमा कारबाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा मोटरसाइकल २३२ बटा रहेका छन्। त्यसैगरी १५५ कार, जिप, भ्यान,६७ बस र ७६ ट्याक्टर र १४६ ट्याम्पो रहेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अधिकारीका अनुसार सोही अवधिमा जिल्लाको विभिन्न स्थानमा भएको ४५ सवारी दुर्घटनामा परेर दुई जना पुरुषको मृत्यु भएको थियो। दुर्घटनामा ४६ पुरुष, १५ महिला र १० जना बालबालिका घाइते भएका थिए।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर, बागमती, डुमरिया , गौर, गरुडा, बमनहर, मौलापुर, बिजयपुर लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण