भारतलाई २ सय ९७ पुरातात्त्विक चीज फिर्ता गर्दैछ अमेरिका
वाशिङ्टन डीसी । अमेरिकाले आफ्नो देशमा रहेका भारतका २९७ बहुमूल्य पुरातात्त्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेका हुन् ।
यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले माइक्रोब्लगिङ वेबसाइट एक्सको आफ्नो अकाउन्टमा पोस्ट गरेका छन् ।
अमेरिकी राष्ट्रपतिसँगको तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्– ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ ।’
भारतलाई २९७ वटा अमूल्य पुरातात्त्विक वस्तुहरू फिर्ता गर्ने सुनिश्चित गरेकोमा आफू राष्ट्रपति बाइडेनप्रति धेरै आभारी रहेको पनि पोस्टमा उनले लेखेका छन् । यी प्राचीन वस्तुहरू४ हजार वर्षसम्म पुराना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण