म्यानपावर व्यवसायीका शाखा कार्यालय असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आह्वान गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन भनेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै स्वदेशमा शाखा कार्यालय सञ्चालन सम्बन्धी कार्यविधि, २०७९ ले शाखा कार्यालयको प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने भनेको छ । सोही अनुसार २०८१ को असोज मसान्तभित्र नवीकरण गर्न विभागले आह्वान गरेको हो ।
शाखा कार्यालय नवीकरणका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने विभागले जनाएको छ ।
नवीकरणका लागि इजाजतपत्र प्राप्त संस्थाको दर्ता प्रमाणपत्र (नवीकरण), अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णय पेस गर्नुपर्नेछ ।
त्यस्तै नवीकरण सम्बन्धी निवेदन, शाखा दर्ता गर्दा पेस गरेको नगद धरौटी प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतिलिपि, शाखा प्रमुखको र अन्य कर्मचारीको विवरण र नियुक्ति पत्र, शाखा कार्यालय रहने घरको घर बहाल सम्झौताको विवरण पेस गर्नुपर्ने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण