प्रधानमन्त्री ओलीबाट समिट अफ द फ्युचरको संवाद सत्रको अध्यक्षता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका छन् ।
महासभाको उक्त समिटको उद्घाटन सत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रस्टी काउन्सिलमा आयोजित छलफल सत्रको अध्यक्षता गरेका हुन् । यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रमण्डलले महासभामा भाग लिएका थिए।
प्रधानमन्त्री ओलीले आजै समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण