सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
जलवायु

कार्बन उत्सर्जनले अल्पविकासित मुलुकहरू प्रभावित छन्, क्षतिपूर्ति बढाइयोस् : प्रधानमन्त्री ओली

सोमबार, ०७ असोज २०८१, ०० : २५
सोमबार, ०७ असोज २०८१

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई आइतबार सम्बोधन गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रसंघको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गरेका हुन् । 

यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरेका थिए । उनले अल्पविकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए । 

kp oli

प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गरे । उनले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिनुपर्ने बताए । 

WhatsApp Image 2024-09-22 at 23.44.03_2b5699c8

महासभामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापालगायत सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप