पहिलो पटक ८५ हजार माथि उक्लियो भारतको प्रमुख सेयर परिसूचक
मङ्गलबार, ०८ असोज २०८१, १२ : ०७
नयाँ दिल्ली । मंगलबारको कमजोर सुरुवातपछि भारतको प्रमुख सेयर परिसूचक बीएसई सेन्सेक्स ८५ हजार अङ्क माथि पुगेको छ ।
इतिहासमा पहिलो पटक बीएसई यो स्तर नाघेको हो । अर्को प्रमुख सेयर परिसूचक निफ्टी पनि २६ हजार नजिक पुगेको छ । स्टिल कम्पनी र अटो कम्पनीहरूको राम्रो प्रदर्शनका कारण सेन्सेक्स बढेको हो ।
उक्त दिन सेन्सेक्समा सबैभन्दा धेरै बढेका सेयरहरू टाटा स्टिल, जेएसडब्ल्यू र पावर ग्रिड थिए । सबैभन्दा बढी कमी भने हिन्दुस्तान युनिलिभर, इन्फोसिस र बजाज फाइनान्समा देखिएको छ ।
सेन्सेक्सले चार दिनअघि मात्रै ८४ हजारको अङ्क पार गरेको थियो । सेप्टेम्बर १२ मा परिसूचक ८३ हजारमाथि उक्लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण