दुई महिनामा भित्रिए १२ सय विद्युतीय गाडी
मङ्गलबार, ०८ असोज २०८१, १३ : ३६

काठमाडौँ । साउन र भदौ महिनामा कुल १ हजार २२१ वटा विद्युतीय कार, जीप, भ्यान भित्रिएका छन् । भन्सार विभागका अनुसार साउन महिनामा ३८१ वटा यस्ता सवारी साधन भित्रिएका थिए ।
दुई महिनामा आएकामध्ये १ हजार १२५ गाडी चीनबाट भित्रिएका छन् । नेपालमा चिनियाँ विद्युतीय गाडीको बजार बलियो भन्दै गएको छ । बीवाईडी, एमजी, सेरेस, डिपल, नेटाजस्ता चीनमा निर्मित विद्युतीय गाडीले नेपालमा राम्रो बजार बनाइरहेका छन् ।
दसैँ, तिहार लक्षित नाडा अटो शोको बुकिङले भदौ महिनामा विद्युतीय गाडीको आयात उच्च भएको व्यवसायीहरूले बताएका छन् ।
भदौ ११ देखि १६ सम्म काठमाडौँमा गाडीहरूको मेला नाडा अटो शो आयोजना गरिएको थियो । जसमा करिब २० अर्ब रुपैयाँ मूल्यका ४ हजार २०० सवारी साधन बुकिङ भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा