दुई महिनामा भित्रिए १२ सय विद्युतीय गाडी
मङ्गलबार, ०८ असोज २०८१, १३ : ३६
काठमाडौँ । साउन र भदौ महिनामा कुल १ हजार २२१ वटा विद्युतीय कार, जीप, भ्यान भित्रिएका छन् । भन्सार विभागका अनुसार साउन महिनामा ३८१ वटा यस्ता सवारी साधन भित्रिएका थिए ।
दुई महिनामा आएकामध्ये १ हजार १२५ गाडी चीनबाट भित्रिएका छन् । नेपालमा चिनियाँ विद्युतीय गाडीको बजार बलियो भन्दै गएको छ । बीवाईडी, एमजी, सेरेस, डिपल, नेटाजस्ता चीनमा निर्मित विद्युतीय गाडीले नेपालमा राम्रो बजार बनाइरहेका छन् ।
दसैँ, तिहार लक्षित नाडा अटो शोको बुकिङले भदौ महिनामा विद्युतीय गाडीको आयात उच्च भएको व्यवसायीहरूले बताएका छन् ।
भदौ ११ देखि १६ सम्म काठमाडौँमा गाडीहरूको मेला नाडा अटो शो आयोजना गरिएको थियो । जसमा करिब २० अर्ब रुपैयाँ मूल्यका ४ हजार २०० सवारी साधन बुकिङ भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण