दुई महिनामा ३३ करोडभन्दा बढीको सिमेन्ट निर्यात
मङ्गलबार, ०८ असोज २०८१, १६ : ३७

काठमाडौँ । दुई महिनाको अवधिमा नेपालबाट ३३ करोडभन्दा बढीको सिमेन्ट निर्यात भएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को साउन–भदौमा ३३ करोड ३० लाख ६९ हजार रुपैयाँ बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये २७ करोड २३ लाख ६० हजार रुपैयाँको १ लाख २१ हजार ९१८ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यस्तै ६ करोड ७ लाख ९ हजार रुपैयाँको १० हजार ८३६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको हो ।
नेपालले पहिलो पटक २०७९/८० सालमा सिमेन्ट निर्यात गरेको थियो । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट पहिलो पटक निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा