दुई महिनामा ३३ करोडभन्दा बढीको सिमेन्ट निर्यात
मङ्गलबार, ०८ असोज २०८१, १६ : ३७
काठमाडौँ । दुई महिनाको अवधिमा नेपालबाट ३३ करोडभन्दा बढीको सिमेन्ट निर्यात भएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को साउन–भदौमा ३३ करोड ३० लाख ६९ हजार रुपैयाँ बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये २७ करोड २३ लाख ६० हजार रुपैयाँको १ लाख २१ हजार ९१८ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यस्तै ६ करोड ७ लाख ९ हजार रुपैयाँको १० हजार ८३६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको हो ।
नेपालले पहिलो पटक २०७९/८० सालमा सिमेन्ट निर्यात गरेको थियो । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट पहिलो पटक निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण