अमेरिकाको 'सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र' मा प्रधानमन्त्री ओलीले मृतकहरूप्रति व्यक्त गरे श्रद्धाञ्जली
सन् २००१ मा आतंककारी समूहले अपहरण गरेको दुई वटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद् निधन भएको थियो । उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ ।
न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘वर्ल्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उक्त स्मारकलाई ९–११ स्मारकका रूपमा चिनिन्छ ।
सन् २००१ मा अल क्वाइदासम्बद्ध आतङ्ककारी समूहले अपहरण गरेको दुई वटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद् निधन भएको थियो । उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ । स्मारकमा मारिकाहरू सबैको तस्बिर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ ।
प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य उक्त स्थानमा पुगेका थिए ।
प्रधानमन्त्री ओलीलाई सङ्ग्रहालयका अधिकारीहरूले उक्त आततायी घटना र त्यसका अवशेषहरू समेटेर बनाइएको अत्याधुनिक सङ्ग्रहालयबारे अवगत गराएका थिए । प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले उक्त घटनाको पीडा स्मरण र धैर्य महसुस गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण