टिकेन नेप्सेको वृद्धि, बिहीबार ३२.८१ अंकको गिरावट
बिहीबार, १० असोज २०८१, १९ : १२
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)को वृद्धिले दोस्रो दिन निरन्तरता पाउन सकेन । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा ३२.८१ अंकको गिरावट आयो । बुधबार ४९ अंकले बजार बढेको थियो ।
यो साता मात्रै समग्रमा नेप्से परिसूचकमा १०२ अंकको गिरावट आएको छ । आइतबार बजार २५८८ बिन्दुमा पुगेर रोकिएको थियो । साताको अन्तिम कारोबार दिन आज, बिहीबार परिसूचक २४८६ बिन्दुमा छ ।
आज सेन्सेटिभ इन्डेक्स १.१७ प्रतिशतले घटेको छ । व्यापार उपसमूहको सूचक १ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घट्यो ।
बिहीबार २०१ कम्पनीको सेयर मूल्य घटेको छ । ३९ कम्पनीको बढ्दा ४ कम्पनीको स्थिर रह्यो । आज कुल १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण