हेलेन आँधीका कारण अमेरिकामा कम्तीमा ४३ जनाको मृत्यु
शनिबार, १२ असोज २०८१, १३ : ३६
वासिङ्टन । दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौँ मानिस विद्युतविहीन जीवन बिताउन बाध्य छन् ।
आँधीपछि आएको बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर र ठुला सवारी साधनको प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन्। त्यसमध्ये टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई उद्धार गरिएको छ ।
बिहीबार राति फ्लोरिडाको तटमा आइपुगेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी हो । यो उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको छ । आँधीका कारण अर्बौँ डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण