नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
आइतबार, १३ असोज २०८१, १५ : २०
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज २४८३ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २२.३६ अंकले घटेको हो । आज परिसूचकले २४९२ अंकसम्म छोएपनि बन्द हुँदासम्म २४६४ दशमलव ४० मा सीमित हुन पुग्यो ।
आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज कुल १२७ कम्पनीको १ करोड ३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि बिहीबारको कारोबारमा ४ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो ।
आइतबार १९३ कम्पनीको सेयर मूल्य घटेको छ । ४७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रह्यो ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १.०३ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण