विपत्तिको समयमा प्रधानमन्त्री ओली अमेरिका घुमेको भन्दै रास्वपाको आलोचना
काठमाडौँ । देश प्राकृतिक विपत्तिमा फस्दा समेत सरकार प्रमुख केपी शर्मा ओली अमेरिका घुमेर बसेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बाढी पहिरोको त्रासमा रहेका आम सर्वसाधारणको उद्धारमा यथोचित तदारुकताका प्रस्तुत नगर्ने राज्य संयन्त्र जनताका लागि समर्पित रहेको मान्न नसकिने उल्लेख गरेका छन् ।
उनले निहत्था नागरिकबाट समाधानको आशा राख्ने स्रोतसाधन सम्पन्न राज्य संयन्त्र विलम्ब गरी घटनास्थलमा पुग्ने कुरा कदापि स्वीकार्य नहुने विज्ञप्तिमा लेखेका छन् ।
‘आम सर्वसाधारणको जीवन, सम्पत्ति, आवास र वासस्थानको सुरक्षाका लागि सरकारले भौगोलिक वस्तुस्थितिको वैज्ञानिक मूल्याङ्कन गरी विपद् बिमा सम्बन्धी नीतिगत प्रावधान समेत गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ । साथै विपद् व्यवस्थापन तथा उद्धार कार्यमा राज्य संयन्त्रमा अहिले देखिएको गैरजिम्मेवारी आगामी दिनमा नदोहोरियोस् भनी सम्बन्धित निकायहरूलाई सचेत गराउँछौँ‚’ विज्ञप्तिमा लेखिएको छ ।
रास्वपाले मोबाइल सन्देशमार्फत नागरिकलाई सुरक्षित, सतर्क रहन सचेत गराउने औपचारिकतामा सरकार सीमित भएको भन्दै जिम्मेवार ढङ्गले पीडित नागरिकहरूको उद्धारमा सक्रियता प्रदर्शन नगरेको भन्दै खेद प्रकट गरिएको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण