सिनी डिडी कम्ब्समाथि यौन दुर्व्यवहारका सयभन्दा धेरै आरोप
लस एञ्जलस । अमेरिकी र्यापर सिन डिडीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सयभन्दा धेरै मानिसले मुद्दा हालेका छन् । एक जना अमेरिकी वकिलले यस्तो बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
समाचारका अनुसार उनीमाथि यौन दुर्व्यवहार , बलात्कार र यौन उत्पीडनका मुद्दा लागेका छन् । पीडितमध्ये केही नाबालिग रहेको र उत्पीडनको समयमा उनीहरूको उमेर थोरैमा ९ वर्षसम्म रहेको पाइएको टेक्ससस्थित वकिल टोनी बजबीले भनेका छन् ।
तर डिडीकौ वकिलले भने आफ्ना क्लाइन्टमाथिको आरोप अस्वीकार गरेका छन् । सबै आरोप झुटा र उनको मान मर्दन गर्न लगाइएको एरिका वल्फको भनाई थियो । डिडी गएको हप्ता मात्रै पक्राउ परेका थिए । उनीमाथि यौन धन्दा चलाएको र यौन तस्करी गरेको भन्दै मुद्दा चलाइएको छ ।
उनी हाल सङ्घीय हिरासतमा छन् । अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको थियो । डिडीले भने आफूमाथिको सबै आरोप अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण