हजार करोडको फिल्ममा बबी देओलको इन्ट्री
नयाँ दिल्ली । रणबीर कपूरको फिल्म एनिमलमा बलिउड अभिनेता बबी देआल भिलेन अवतारमा देखिएका थिए । उनको सो भूमिकालाई धेरैले निकै मन पराए ।
एनिमल पछि बबीलाई एक पछि अर्को गर्दै भिलेनको रोल अफर भइरहेको छ । भर्खरै उनले आफ्नो फिल्म ‘एनिमल’का लागि आइफा २०२४ मा वेस्ट भिलेनको अवार्ड पाएका थिए ।
यसैबिच बबी देओल हजार करोडको फिल्ममा देखिँदैछन् । उनी चाँडै ‘थलापथी ६९’ मा दमदार अवतारमा देखिन लागेका हुन् । ‘थालापथी ६९’ साउथका सुपरस्टार विजयको अन्तिम फिल्म हुनसक्छ । उनले भर्खरै आफ्नो राजनीतिक पार्टी ‘तमिझगा वेत्री कझगम’ खोलेका थिए । यो फिल्मपछि उनै पूरै राजनीतिमा लाग्ने अनुमान गरिएको छ ।
हालै फिल्मका निर्माताले माइक्रो ब्लगिङ वेबसाइट एक्समा फिल्ममा बबीको इन्ट्रीको औपचारिक घोषणा गरेका थिए । बबी ‘थलापथी ६९’ को स्टार कास्टमा सामेल भएको घोषणा गर्न पाउँदा आफू खुसी र उत्साहित भएको उनले भनेका थिए ।
एच. विनोथको निर्देशन मा बन्न लागेको थलपति ६९ मा तमिल, तेलुगु र हिन्दी भाषामा व्यापक मात्रामा रिलीजको लागि तयारी गरिएको छ । यस फिल्मले विजयको तीन दशक लामो फिल्मी करियरमा विशेष आयाम थप्ने अनुमान गरिएको छ । फल्ममा प्रशान्त, प्रभु देवा, मोहन, जयराम, स्नेहा, लैला, अजमल अमिर र मीनाक्षी चौधरीको पनि मुख्य भूमिका हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण