१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
सारांश
- फ्रान्सले इराकलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान पक्का गरेको छ।
- कप्तान किलियन एम्बाप्पेले आफ्नो १००औँ खेलमा दुई गोल गरे भने उस्मान डेम्बेलेले एक गोल थपे।
- खराब मौसमका कारण खेल करिब साढे दुई घण्टा रोकिएको थियो।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको छ।
फिलाडेल्फिया रंगशालामा सम्पन्न खेलमा फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई तथा उस्मान डेम्बेलेले एक गोल गरे। एम्बाप्पेले १४औँ मिनेटमा माइकल ओलिसेको पासमा शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको खेलमा उनले ५४औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ६६औँ मिनेटमा ओलिसेकै अर्को पासमा डेम्बेलेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

खराब मौसमका कारण खेल दोस्रो हाफ सुरु हुनुअघि करिब साढे दुई घण्टा रोकिएको थियो। लामो अवरोधपछि पुनः सुरु भएको खेलमा फ्रान्सले आफ्नो लय कायम राख्दै इराकमाथि स्पष्ट दबाब बनायो।
यो खेल फ्रान्सका कप्तान एम्बाप्पेको १००औँ अन्तर्राष्ट्रिय खेलसमेत थियो। उनले उक्त उपलब्धिलाई दुई गोलसहित स्मरणीय बनाए। यस्तै, डेम्बेलेले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो गोल गरे।

लगातार दोस्रो जित निकालेको फ्रान्सले समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। पराजित इराक भने विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ। अब इराकले अन्तिम समूह खेलमा सेनेगलविरुद्ध जित निकाल्नै पर्ने दबाब सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोडर्नविरुद्ध अल्जेरियाले फर्कायो गोल, खेल रोमाञ्चक मोडमा
-
चियाका पारखी प्रधानमन्त्रीलाई खुला पत्र !
-
म्यानमारमा सेनाको बर्बरता : ७०० भन्दा बढी सर्वसाधारणको हत्या
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण