वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति
बिहीबार, १७ असोज २०८१, १० : ४६

बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ ।
“हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ”, उनले भने, “विवरण सङ्कलन जारी छ” केन्द्रका प्रमुख सागर विष्टले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
-
चलचित्र विकास बोर्डको एकसाथ ४ कार्यक्रम सञ्चालन
-
नीति सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित
-
४५० किलोको ग्यास सिलिन्डर आयात गर्नेबारे ग्यास बिक्रेता सङ्घको विरोध
-
शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक