अमेरिकामा हेलेन आँधीमा परेर मर्नेको सङ्ख्या १८० जना पुग्यो
अमेरिका । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १८० पुगेको छ । दक्षिण–पूर्वी अमेरिकी राज्यहरू यस आँधीको चपेटामा आएका थिए ।
राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । आँधीका कारण भएको क्षतिको अवलोकन गर्न बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए । ह्यारिस बुधबार जर्जिया गएकी थिइन् । आँधीका कारण सयौँ मानिस अझै बेपत्ता छन् । खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।
आँधीबाट प्रभावित छ वटा राज्यहरूमा ६ हजार नेशनल गार्ड सदस्यहरू र ४ हजार ८ सय संघीय सहायताकर्मीहरूलाई मद्दत गर्न बाइडेनले १ हजार सक्रिय सेना पठाएका थिए । सर्वसाधारणसम्म राहत सामग्री पुर्याउने काम भइरहेको छ । गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीले पुर्याएको क्षति हेर्न जर्जिया गएका थिए । दुर्गम क्षेत्रमा बस्ने मानिसहरूसम्म अहिलेसम्म सम्पर्क बनाउन नसकिएको बताइएको छ ।
बाइडेनले बिहीबार फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनेका थिए । गत बिहीबार अमेरिकामा हेलेन आँधी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण