तीन महिनाको अवधिमा ५ प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना
सोमबार, २१ असोज २०८१, २० : १०
काठमाडौँ । तीन महिनाको अवधिमा ५ प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको असोज १५ देखि पुस १६ गतेसम्म अर्थात् (अक्टोबरदेखि डिसेम्बर) सम्मको तीन महिनामा ५ प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।
कोशी, मधेस, बाग्मती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै विभागका अनुसार कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।
विभागका अनुसार अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण