वैवाहिक बन्धनमा बाँधिए गायक अर्जुन सापकोटा
बुधबार, २३ असोज २०८१, १४ : ३८
काठमाडौँ । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् ।
बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ ।
सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो।
गायक सापकोटाको 'पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै' लगायत गीतहरू चर्चित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण