वैवाहिक बन्धनमा बाँधिए गायक अर्जुन सापकोटा
बुधबार, २३ असोज २०८१, १४ : ३८

काठमाडौँ । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् ।
बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ ।
सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो।
गायक सापकोटाको 'पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै' लगायत गीतहरू चर्चित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
-
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
-
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश
-
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता