बेलुनमा हावा भर्ने ग्यास सिलिन्डर पड्कियो, १ को मृत्यु, ३ घाइते
रौतहट । रौतहटको राजपुर नगरपालिका ७ मा लागेको मेलामा बेलुनमा हावा क्रममा ग्यास सिलिन्डर पड्किएको छ । सो घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बेलुनको व्यापार गर्दै आएका वडा नम्बर- ८ निमुवा अकोलवाका ३८ वर्षीय दिनानाथ महतोले बुधवार अपरान्ह मेलामा बेलुन फुलाउने क्रममा अचानक सिलिन्डर पड्किएको थियो।
सिलिन्डर पड्किएर उनै दिनानाथको मृत्यु भएको हो । यसैगरी वर्ष १० की अन्जली कुमार साह, वर्ष ५० की नायाना देवी, वर्ष ७ का विशाल साह घाइते भएका छन्। दीनानाथको शरीरको अधिकांश भाग जलेकोमा प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागी वीरगन्ज तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। अन्य घाइतेहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण