चिनियाँ नागरिकको घरमा लाखौँको चोरी, चोरीको पैसाले मोटरसाइकल खरिद
काठमाडौँ। चाडपर्वको मौका छोपी चिनियाँ नागरिकको घरमा लाखौँ रुपैयाँ चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ रहेका छन् ।
गत असोज २२ गते दिनको अन्दाजी २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अञ्जलि ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चिनियाँ नागरिक ५७ वर्षीय लुओ जिया लियानको डेरा कोठाको ताला फोडेर उनीहरूले चोरी गरेका थिए ।
प्रहरीका अनुसार उनीहरूले फलामको सेफ (लकर) मा राखिएको नगद १९ लाख रुपैयाँ तथा सीसी क्यामेराको हार्डड्राईभ समेतका धनमाल चोरी गरेर फरार भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको हो ।
उनीहरूको साथबाट १६ लाख ४९ हजार ७४० रुपैयाँ, चोरी गरेको फलामको सेफ, चोरी गरेको रकम बाट बाँडफाँड गरी उक्त रकम बाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल र पक्राउ गरिएका व्यक्तिहरूले प्रयोग गर्ने ६ वटा मोबाइल फोन प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण