चिनियाँ नागरिकको घरमा लाखौँको चोरी, चोरीको पैसाले मोटरसाइकल खरिद

काठमाडौँ। चाडपर्वको मौका छोपी चिनियाँ नागरिकको घरमा लाखौँ रुपैयाँ चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ रहेका छन् ।
गत असोज २२ गते दिनको अन्दाजी २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अञ्जलि ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चिनियाँ नागरिक ५७ वर्षीय लुओ जिया लियानको डेरा कोठाको ताला फोडेर उनीहरूले चोरी गरेका थिए ।
प्रहरीका अनुसार उनीहरूले फलामको सेफ (लकर) मा राखिएको नगद १९ लाख रुपैयाँ तथा सीसी क्यामेराको हार्डड्राईभ समेतका धनमाल चोरी गरेर फरार भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको हो ।
उनीहरूको साथबाट १६ लाख ४९ हजार ७४० रुपैयाँ, चोरी गरेको फलामको सेफ, चोरी गरेको रकम बाट बाँडफाँड गरी उक्त रकम बाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल र पक्राउ गरिएका व्यक्तिहरूले प्रयोग गर्ने ६ वटा मोबाइल फोन प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु