नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ९५ दशमलव ३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल एक करोड ८८ लाख सात हजार चार सय ९२ कित्ता शेयर रु सात अर्ब १९ करोड २७ लाख ९२ हजार एक सय ६६ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार, गुडविल फाइनान्स सात दशमलव ६३, एनआइसी एसिया सेलेक्ट फन्ड छ दशमलव १९, सनराइज ब्ल्यूचिप फन्ड छ दशमलव १४, समाज लघुवित्त पाँच दशमलव १२ र रावा इनर्जीका लगानीकर्ताले पाँच दशमलव १२ प्रतिशतले कमाएका छन् ।
यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १९, मिड सोलु हाइड्रोपावर पाँच दशमलव शून्य तीन, सामुदायिक लघुवित्त चार दशमलव ४७, नेपाल एसबिआई बैंकको ऋणपत्र तीन दशमलव ८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत