जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो
जनकपुर । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।
पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् । धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा/युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् ।
मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरूले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताए । उनले यसलाई अभियानकै रूपमा आफूहरूले अगाडी बढाएको बताए ।
यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाइ गरिरहेका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्येक छठ घाटमा लैजाने अभियान रहेको बताए। उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे । युवतीहरूमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनिता महतोले दुःख व्यक्त गरिन् । उनले युवतीहरूलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?
-
स्ट्रेट अफ होर्मुजमा तानातानः इरान–अमेरिका सम्झौता संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण