विपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समय सर्यो
काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यसूची बेलुका ८ बजेलाई सरेको छ । बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउने तयारी थियो ।
दिउँसो ४ बजेको कार्यसूची सरेर कार्यदलका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले जानकारी दिए । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले खनालसहित नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको खनालले जानकारी दिए ।
‘शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले ज्ञापनपत्र बुझाउने कार्यतालिका बेलुका ८ बजेलाई सरेको छ । प्रधानमन्त्रीज्यू पनि व्यस्त रहनुभएकाले समय सरेको जानकारी आएको छ’, खनालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण