कविता
बाबा तिम्रो सम्झनामा
बुधबार, ०७ कात्तिक २०८१, ११ : ५३
बाबा, आज तिम्रो जन्मदिन
मनभरि भइरहेको छ तिम्रो कमी
साथमा भएको भए
धेरै गफ गथ्र्यौं होला
सँगै बसेर साँझको योजना बनाउँथ्यौँ होला ।
अब यी सबै सम्झना मात्रै भए
तिमीले छाडेको यादको जरिया मात्र रहे
तिमी हुँदा लाग्थ्यो,
सारा खुसी छ ममा
तिमी नहुँदा लाग्छ
आफूलाई नै हराएको छु ममा ।
तिमीले दिएको ज्ञान
सधैँभरि साथमा छ मेरो
वाचा यो छोरीको
शिर झुक्न दिनेछैन कहिल्यै तिम्रो
तिम्रा हरेक सपनालाई विपना बनाउनेछु
तिम्रो मार्गले संसारमा ज्योति जलाउनेछु ।
रमाइलोका चहलपहलमा तिमीलाई सम्झिनुनपर्ला
तर तिमीलाई भुलेको कदापि छैन ।
जन्मदिनको धेरै धेरै शुभकामना बाबा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण