फ्रिजरमा २० वर्षदेखि हराइरहेकी किशोरीको शरीरको हिस्सा भेटिएपछि...
कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा रहेको एक घरको फ्रिजरमा २० वर्षदेखि हराइरहेकी किशोरीको शरीरको हिस्सा भेटिएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार यस वर्षको जनवरी १२ मा कोलोराडोको ग्र्यान्ड जङ्शनस्थित एक घरको फ्रिजरमा शिर र हात भेटिएका थिए ।
यी हिस्सा सन् २००५ देखि बेपत्ता रहेकी आमान्दा ओभरस्ट्रिटको भएको डीएनए परीक्षणले पुष्टि गरेको भन्दै अक्टोबर ११ मा मिसा काउन्टी शेरिफको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै बताएको हो । त्यतिबेला उक्त घर भर्खरै नयाँ क्रेताले किनेका थिए । पुरानो फ्रिजर उठाउन आएका व्यक्तिले फ्रिजरमा शरीरका ती हिस्सा फेला परे । बेपत्ता हुँदा ओभरस्ट्रिट करिब १६ वर्षकी थिइन् ।
उनलाई सन् २००५ को अप्रिलयता कसैले पनि देखेको थिएन, न त उनको कुनै खबर नै आएको थियो । उनी सोही घरको अघिल्लो मालिकको छोरी थिइन् । ओभरस्ट्रिट बेपत्ता भएको भनेर प्रहरी कहाँ रिपोर्ट पनि गरिएको थिए । अहिलेसम्म पनि उनी बेपत्ता भएको परिस्थितिबारे छानबिन चलिरहेको शेरिफको कार्यालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण