तीन महिनामा १०४ देशसँग व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १०४ देशसँग नेपालको व्यापार घाटामा गएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १३२ देशसँग वैदेशिक व्यापार भएको थियो । बाँकी २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ ।
यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको छ । भारतसँग २ खर्ब १६ अर्ब बराबरको व्यापार घाटा बेहोरेको विभागको तथ्यांकमा उल्लेख छ ।
भारतबाट २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा २४ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।
यसैगरी दोस्रोमा चीनसँग व्यापार घाटामा भएको छ । चीनबाट ७८ अर्ब ६३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ५५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । यसकारण नेपालको चीनसँग ७८ अर्बभन्दा बढीले व्यापार घाटामा छ ।
यसैगरी तेस्रोमा युक्रेनसँग साढे ६ अर्बले व्यापार घाटामा रहेको छ । युक्रेनबाट नेपालले ६ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ३५ लाख २० हजार रुपैयाँको मात्रै निर्यात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा