सङ्खुवासभाको चिचिलामा एक जनाको हत्या
शनिबार, १० कात्तिक २०८१, १९ : ४५
खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ । उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण