समाचार
एयर इन्डियाको विमानमा केही भेटिएन, विमानस्थल नियमित रूपमा सञ्चालन
सोमबार, १२ कात्तिक २०८१, १९ : १४
काठमाडौँ । बम राखिएको हल्ला चलेपछि सुरक्षा जाँच गर्दा एयर इन्डिया एआई–२१६ मा विस्फोटक पदार्थ भेटिएन । यसअघिको जस्तै बम राखिएको हल्लामात्रै चलाएको पुष्टि भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले रातोपाटीलाई बताए । उनले भने, ‘सर्च गर्दा केही पनि भेटिएन ।’
यसअघि कार्तिक ६ मा पनि भिस्तारा एयरको विमानमा बम राखिएको हल्ला चलाइएको थियो । सेना र प्रहरीले करिब डेढ घण्टा सर्च अपरेसन चलाएका हुन् । सर्च गर्दा विस्फोटक पदार्थ नभेटिएपछि सो विमान दिल्ली उडेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर बिकले रातोपाटीलाई बताए ।
विमानमा १६९ जना यात्रु लिएर दिल्ली उडेको छ । दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच गरिएको एसएसपी बिकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडामा २१ वर्षदेखि राज्यले विश्वासघात गर्यो : सांसद थपलिया
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण