बञ्चरेडाँडामा २१ वर्षदेखि राज्यले विश्वासघात गर्यो : सांसद थपलिया
सारांश
- नेपाली कांग्रेसकी सांसद सिता थपलियाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दामाथि राज्यले विगत २१ वर्षदेखि चरम अन्याय र विश्वासघात गरिरहेको बताएकी छिन् ।
- उनले २०६२ सालमा ३ वर्षभित्र वैकल्पिक स्थान खोज्ने सर्तमा फोहोर फाल्न सुरु गरिएको भए पनि आज २१ वर्ष बितिसक्दा समेत स्थानीयले दुर्गन्ध, धुवाँ र रोगको बीचमा बाँच्नुपर्ने बाध्यता कायमै रहेको बताइन् ।
- सांसद थपलियाले फोहोरको लिचिङले खोलानाला प्रदूषित भएको र त्यसका कारण स्थानीयमा छालाको समस्या, श्वासप्रश्वास र क्यान्सर जस्ता गम्भीर रोगका बिरामीहरूको सङ्ख्या बढिरहेको उल्लेख गरिन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलियाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दामाथि राज्यले विगत २१ वर्षदेखि चरम अन्याय र विश्वासघात गरिरहेको बताएकी छिन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद थपलियाले सरकारले आफ्नै नागरिकको स्वास्थ्य र जीवनमाथि खेलबाड गरेको भन्दै सरकारको कडा आलोचना गरिन् ।
सांसद थपलियाले वि।सं। २०६२ सालमा ३ वर्षभित्र वैकल्पिक स्थान खोज्ने सर्तमा फोहोर फाल्न सुरु गरिएको भए पनि आज २१ वर्ष बितिसक्दा समेत स्थानीयले दुर्गन्ध, धुवाँ र रोगको बीचमा बाँच्नुपर्ने बाध्यता कायमै रहेको बताइन् । ‘यो राज्यले आफ्नै नागरिकमाथि गरेको सबैभन्दा लामो विश्वासघात मध्येको एक हो,’ उनले भनिन् ।
बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा फोहोरको लिचिङले खोलानाला प्रदूषित भएको र त्यसका कारण स्थानीयमा छालाको समस्या, श्वासप्रश्वास र क्यान्सर जस्ता गम्भीर रोगका बिरामीहरूको सङ्ख्या बढिरहेको उनले उल्लेख गरिन् । नागरिकले भोगिरहेको यो पीडादायी अवस्थाले न प्रधानमन्त्रीलाई छोएको छ, न अर्थमन्त्रीलाई झक्झकाएको छ भन्दै उनले आक्रोश व्यक्त गरिन् ।
सांसद थपलियाले बजेट यस विषयमा पूर्ण रूपमा मौन रहेको बताइन् । खेतीयोग्य जमिन बाँझो बन्दै गएको तर पीडितका लागि कुनै क्षतिपूर्तिको व्यवस्था नगरिएकोमा उनले आपत्ति जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपटक पाएको मतका आधारमा दम्भ नदेखाउन सरकारलाई पन्तको चेतावनी
-
३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
-
उनकै शब्द सापटी लिँदै निश्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप
-
अमेरिकामा एआई बहसलाई प्रभावित गर्न चीनले च्याटजीपीटी प्रयोग गरिरहेको आरोप
-
सरकार कूटनीतिक माध्यमबाट सीमा सम्बन्धी विवाद समाधान गर्न प्रतिबद्ध छः परराष्ट्रमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण