३ हजार ५५० जना पुरुष तथा ८३४ जना महिला सैनिक दीक्षित
काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार समापन भएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।
_QKTTAMC6zA.jpg)
नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न ३६ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी ३,५५० जना पुरुष तथा ८३४ जना महिला गरी कुल ४,३८४ जना सैनिकहरू दीक्षित भएका छन् ।
_zQBKJqLfRD.jpg)
तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह, श्री नं.२ सैन्य तालिम केन्द्र, सैनामैना लगायत विभिन्न पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।
_apyo2KPWJ9.jpg)
त्रिशूलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाहले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्य-मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नव नियुक्त भएका सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्नुहुँदै शुभकामना दिए ।
_B47EYMHFQL.jpg)
विभिन्न स्थानहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
_30mynaT91J.jpg)
_NEhEDUABjW.jpg)
_edxoAsDP05.jpg)
_ddDs3CJisg.jpg)
_APtbzmlzBx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण