बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा

बुधबार, १७ असार २०८३, ०० : १७
बुधबार, १७ असार २०८३

काठमाडौं । सशस्त्र प्रहरीले ललितपुरको सानेपाबाट कबाडी सामान बोकेका थप दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

यसअघि मंगलबार नै सशस्त्रले १० वटा ट्रक नियन्त्रणमा लिएको थियो । आज कुल १२ वटा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) नेत्र बहादुर कार्कीले जानकारी दिए ।

सशस्त्रले नियन्त्रणमा लिएको ट्रक हरिहरभवन स्थित राजस्व अनुसन्धान विभागको कार्यालयमा बुझाएको छ ।

पछिल्लो पटक ना ६ ख ५२१७ र लु २ ख ६४०२ नम्बरको कबाडी लोड गरिएका ट्रक नियन्त्रणमा लिइएको डीआईजी कार्कीलेब बताए । सशस्त्रले ट्रक नियन्त्रणमा लिएपछि ५ जना चालक ट्रक छाडेर भागेका छन् । कबाडी लोड गरिएको ट्रक आवश्यक कागजात बिना उपत्यका बाहिर लैजान खोजिएको सुचनाको आधारमा कीर्तिपुरस्थित दंगा नियन्त्रण रेजिमेन्टले ती ट्रक नियन्त्रणमा लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप