बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक

बुधबार, १७ असार २०८३, ०० : २६
बुधबार, १७ असार २०८३

काठमाडौँ । फिफा विश्वकपअन्तर्गत जारी खेलमा नर्वेविरुद्ध आइभरी कोस्टले बराबरी गोल फर्काएको छ । 

खेलको ७९ औं मिनेटसम्मको स्थितिमा दुवै टोलीले एक–एक गोलको अवस्थामा छन् । नर्वेका लागि खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको आइभरी कोस्टका लागि ७४ औं मिनेटमा अमाद डियालोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । 

आइभरी कोस्टले खेलमा बढी आक्रामक प्रदर्शन गरिरहेको देखिन्छ । आइभरी कोस्टले कुल १३ पटक गोलको प्रयास गरेको छ भने नर्वेले ७ पटक मात्र प्रहार गरेको छ । कर्नर प्रहारमा पनि आइभरी कोस्ट निकै अगाडि छस उसले १२ वटा कर्नर पाएको छ भने नर्वेले ३ वटा मात्र पाएको छ । 

बल नियन्त्रणमा भने दुवै टोलीको हालसम्म ५० ५० प्रतिशत अवस्था छ । आज जित्ने टोलीले राउन्ड अफ १६ मा ब्राजिलको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप