अमेरिकामा पहिलो पटक सुँगुरमा बर्ड फ्लू पुष्टि
शुक्रबार, १६ कात्तिक २०८१, १५ : २६
वासिङटन डीसी । अमेरिकामा पहिलो पटक सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ देखिएको छ । त्यहाँको कृषि मन्त्रालय (युएसडीए)ले बताएअनुसरा पहिलो पटक अमेरिकामा सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ पुष्टि भएको छ । यस भाइरसलाई थप फैलिन नदिन भाइरस संक्रमित सुँगुर भेटिएको फार्मलाई क्वारेन्टाइन गरिएको छ ।
भेडा र बाख्रा समेत अन्य फार्मका जनावरहरूको पनि अनुगमन भइरहेको यूएसडीएले भनेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले छापेको समाचारका अनुसार ओरेगनको कृषि विभागले गत शुक्रबार राज्यको एउटा फार्ममा सुँगुरमा बर्ड फ्लुको पहिलो मामिला भेटाएको थियो ।
यूएसडीएको राष्ट्रिय पशु चिकित्सा सेवाको प्रयोगशालाहरूले मंगलबार फार्ममा पाँच मध्ये एक सुँगुर बर्ड फ्लुबाट संक्रमित भएको पुष्टि गरेको थियो । अमेरिकामा सुँगुरमा बर्ड फ्लु देखिएको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण